जनता टाइम्स

१२ भाद्र २०७९, आईतवार १६:००

भङ्गेरा खाँदा यौन क्षमता बढ्छ ? भङ्गेरामा अद्भुत यौन क्षमता !


एजेन्सी, १२ भदौं । भङ्गेराको मासु खाँदा मानिसको यौन क्ष्मता बढ्ने विश्वास गरिन्छ । भङ्गेराभन्दा भङ्गेराको टाउको यौनवद्र्धक मानिन्छ । त्यसैले नेपालकै तराईका जिल्लाहरूमा भङ्गेरा प्रजातिका बगेडीको मासु अत्याधिक प्रचलनमा छ । तराईमा कतिपयले यसलाई मधेसको भियाग्रा पनि भन्दछन् ।

पक्षी प्रजातिमा भङ्गेरालाई कामुक चरा मानिन्छ । त्यसैले कतिपय अत्याधिक सेक्स रुचाउने मानिसलाई ‘भङ्गेरे’ पनि भन्ने गरिएको छ । महान नाटककार सेक्सपियरले भङ्गेरालाई यौन विषयको विम्बको रूपमा प्रयोग गरेको पाइन्छ । भङ्गेरा त्यस्तो प्राणी हो जसले दैनिक तीन सय पटकभन्दा बढी यौन सम्पर्क गर्दछ ।

मान्छेको वस्तीसँगै रहने चञ्चले सानो चरा भङ्गेरामा आखिर त्यस्तो के शक्ति छ ?

वैज्ञानिकहरुले यसबारे अनुसन्धान नगरेका होइनन् । यौन उत्तेजना बढाउन भङ्गेरा र वगेडी खाने चलन अद्यापी कायम छ । जडिबुटिका ज्ञाता निकोलस कुलपिपरले भङ्गेराको गिदीले यौन क्षमता बढाउने उल्लेख गरेका छन् । उनको तर्कलाई आधार मान्दा भङ्गेराको टाउको खानाले यौन क्षमता बढाउँछ । त्यसैले विगतदेखि नै यौन क्षमता बढाउन भङ्गेराको टाउको खाने प्रचलन रहेको बताइन्छ ।

भङ्गेराको भालेभन्दा पोथी बढी उत्ताउलो हुन्छ अर्थात पोथी भङ्गेरामा यौन पावर बढी हुने भनाइछ । किनभने सम्भोगको समय पोथी भङ्गेरा भालेमाथि हावी हुने गर्छ । सन् २००० मा जोडी एम. जओरले अक्सफोर्ड जर्नलमा प्रकाशित गरेको लेखमा पोथीले भालेमाथि प्रजजनका बखत जमाउने प्रभुत्वबारे उल्लेख छ ।

तापक्रम र मौसमले पनि भङ्गेराको सम्भोगको संख्यामा फरक पर्दछ । जे भए पनि भङ्गेराले दैनिक सरदर तीन सय पटक यौन सम्पर्क गरेकै हुन्छ भन्ने पक्षीविज्ञको पनि दुई मत छैन । भङ्गेराको भाले पोथीको प्रेम पनि विछट्टै हुन्छ । भङ्गेराको पाथीले वर्षमा दुईदेखि तीन पटकसम्म बच्चा कोरल्छे । (एजेन्सीको सहयोगमा)