काठमाडौं, १२ भदौ । क्विन्स किचेन अनामनगरमा अपराध–सुधार अन्तर्राष्ट्रिय कवितासङ्ग्रहको विमोचन कार्यक्रम सम्पन्न भएको छ । अपराधमुक्त समाजको अपेक्षा र स्वच्छ मानवीय सभ्यताको उदेश्य राखेर ११२ जना कविहरूद्वारा रचित कविता सङ्ग्रहलाई नाफा म्याडीसन साहित्य, विसकनसिन, अमेरिकाले प्रकाशन गरेको हो ।
अन्तराष्ट्रिय साहित्य समाज नेपाल च्याप्टरकी अध्यक्ष कवि सन्ध्या पहाडीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा हुनुहुन्थ्यो भने विशिष्ट अतिथिमा अन्तर्राष्ट्रिय साहित्य समाज नेपाल बोर्ड अफ ट्रस्टीका सल्लाहकार प्रा,डा. खगेन्द्रप्रसाद लुइटेल हुनुहुन्थ्यो ।
अन्य अतिथिहरूमा सीमाविद बुद्दिनारायण श्रेष्ठ लगायत अन्य थुप्रै विशिष्ट साहित्यिक व्यक्तित्वहरू र साहित्य सर्जकको उपस्थिति थियो । मधु पाठकले सन्चालन गर्नु भएको कार्यक्रममा रन्जना निरौलाले स्वागत भाषण गर्नु भएको थियो । लोकार्पित पुस्तक ‘अपराध–सुधार’ बाट पाँच जना कविहरू ऋषवदेव घिमिरे, रामगोपाल आशुतोष, जानु धिताल शेखर ढुङ्गेल सुमन वर्षाले कविता वाचन गर्नु भएको थियो ।
पुस्तक प्रकाशनको रचना गर्भबारे अपराध सुधारका लागि नोट खारेज अभियानका अभियन्ता एकबहादुर क्षेत्रीले प्रकाश पार्नु भएको थियो । प्रमुख अतिथि केदारभक्त माथेमाले नेपालमा भ्रष्टचार कल्चरको रुपमा विकास भएको छ यसलाई तोडन साहित्यकार लेखक र कलमवालाले रचनाद्वारा विरोध र प्रतिरोध गर्दै समाज जागृत गर्नुपर्ने धारणा राख्नु भएको थियो ।
उहाँले भ्रष्टचारका अनेकन रूप परिकार र स्वभावको चर्चा गर्दै प्राडा खगेन्द्रप्रसाद लुइटेलले समयको महत्त्व र गरिमा भुल्नु पनि भ्रष्टचार रहेको दृष्टान्त पेश गर्दै भाषिक अपराधमा आँखा चिम्लेर बस्न नहुनेतर्फ सचेत गराउनु भयो । हामी जिउँदो रहुन्जेल भ्रष्टचारको विरोध गर्न छाड्दैनौ भ्रष्टचारीलाई नमस्कार र सदाचारीलाई नमस्ते गरुन्जेल भ्रष्टचार कम नहुने कुरामा साहित्यकार प्रतिक ढकालको विचार थियो ।
साहित्यकार महेशबिक्रम शाहले अपराधको निषेध र विरोधको लागि साहित्यकार र समाजका प्रवुद्द व्यक्तिको निगरानी र खबरदारी जरुरी रहेको तर्फ सबैको ध्यान जानुपर्नेमा विशेष आग्रह राख्नु भयो । लोकार्पण गरिएको अपराध सुधार पुस्तकका प्रधान सम्पादक डा.गोविन्द सिंह रावत लगायत अन्य नौ जना सम्पादक मण्डलमा रहनु भएको छ ।













प्रतिक्रिया दिनुहोस्