जुम्ला, १३ भदौ । नेपालको सर्वाधिक अग्लो स्थानमा उत्पादन हुने जुम्लाको मार्सी धानबालि ब्लास्ट रोगले नष्ट हुँने अवस्थामा पुगेको छ । जुम्लाको तातोपानी गाउँपालिका(४ को गौतमवाडामा रहेको धानको ज्युलोको धानबाली ब्लास्ट रोगले सखाप भएको छ । रोग लागेपछि यहाँका किसानलाई बाँकी बालि कसरी जोगाउने भन्ने चिन्तामा छन् । यहाँ असारमा धान रोपिएको हो ।
धानमा ब्लास्ट रोग लागेपछि किसानहरू कृषि विकास कार्यालय जुम्लामा औषधि खोज्दै पुगेको स्थानीय भावना उपाध्यायले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पाँच जनाको धान खेतमा बढी नै समस्या देखिएको छ । सबैले कालीमार्सी धान लगाएका थिए ।’
तातोपानीकै अर्की किसान जानकी गौतमले धानको गुबो खुइलिएर खैरो, सेतो हुँदै बोट नै मर्ने गरेको दुःखेसो गर्नुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो पहिचान बनेको मुख्य धानबाली नै हो । यसको उपचार नभए परिश्रम नै खेर जाने पक्का छ ।’
यता, कृषि विकास कार्यालय जुम्लाका निमित्त प्रमुख गणेश अधिकारीले प्राविधिकहरू धान खेतमै पुगेर निरीक्षण गरेको र किसानलाई परामर्श दिएको बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्