जनता टाइम्स

१७ भाद्र २०७९, शुक्रबार १७:१४

नेपाल फोटो पत्रकार महासंघ बारा अध्यक्षमा दिवाकर भण्डारी चयन


बारा, १७ भदौ । नेपाल फोटो पत्रकार महासंघ बारा अध्यक्षमा दिवाकर भण्डारी चयन हुनुभएको छ । आज सम्पन्‍न दोस्रो जिल्ला अधिवेशनले भण्डारीको अध्यक्षतमा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा श्याम गुप्ता, सचिव ईन्दिप कोइराला, कोषाध्यक्ष प्रल्हाद तिमिल्सिना छन् ।

यसैगरी सदस्यमा प्रदीप गौतम, राधेश्याम पटेल, एसएस पटेललगायत चयन भएका छन् । अधिवेशनले तत्कालीन कार्यसमितिका गोकुल घोरसाइने, लक्ष्मी साह, रेशम तिवारी, प्रकाश लम्साल, सिकेन्द्र पासवान, फैजुल्लाह आलमलाई सल्लाहकार समितिमा चयन गर्ने निर्णय गरेको छ ।