रौतहट, १९ भदौ । रौतहटमा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको गरुडा नगरपालिकाको वडा नम्बर २ गेडीगुठीमा करेन्ट लागेर उहाँको मृत्यु भएको हो ।
आज करिब १ बजेको समयमा नुहाउने क्रममा धारामा लगाएको मोटरबाट करेन्ट लागेर स्थानीय दिनेश सहनीकी अन्दाजी १४ वर्षीय छोरी अम्बिका कुमारी सहनीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्