जनता टाइम्स

२१ आश्विन २०७९, शुक्रबार १५:५३

राज्यकोषमा ब्रह्मलुट : सुदूरपश्चिममा जुठो परेका सांसदले पनि छोडेनन् भत्ता


कैलाली, २१ असोज । सुदूरपश्चिम प्रदेश सभाका सांसदहरुले दशैं भत्ता बुझेका छन् । पाँच वर्षको कार्यकाल सकिएसँगै जुठो परेका सांसदले पनि भत्ता भने छाडेका छैनन् । प्रदेशसभा सदस्य तथा पदाधिकारीहरूले दसैँ खर्च बापत एक करोड ३५ लाख ७० हजार नौ सय चाँडपर्व खर्च बुझेका हुन् । कतिपय सांसदहरुको जुठो परेर दसैं नमनाए पनि चाडपर्व खर्च भने बुझि छाडे ।

सभामुख अर्जुन बहादुर थापाले आर्थिक वर्ष २०७५/०७६ मा ५५ हजार चाँडपर्व खर्च बुझेकामा पछिल्ला चार वर्षमा ६४ हजारका दरले रकम बुझ्नुभएको हो । उप–सभामुख निर्मला बडाल जोशीले २ लाख ७९ हजार रुपैयाँ पाँच वर्षमा बुझ्नुभएको छ । उहाँले २०७५/०७६ मा ५१ हजार चाँडपर्व खर्च बुझ्नुभएको हो भने पछिल्ला चार वर्षमा ५९ हजार पाँच सयका दरले खर्च बुझ्नुभएको हो ।

प्रदेशसभा सदस्य अक्कल रावलले २ लाख ७७ हजार चाँडपर्व खर्च पाँच वर्षमा बुझ्नुभएको हो । प्रदेश सभा सदस्यहरु अमरबहादुर साउँद, अर्चना गहतराज, उमाकुमारी बादी, कर्णबहादुर मल्ल, कुलवीर चौधरी, कृष्णबहादुर चौधरी, कृष्णराज सुवेदी, गेल्बु सिँह बोहरा, गोविन्द राज बोहरा, चुनकुमारी चौधरी, टेकबहादुर रैका आउजी, डिल्लिराज पन्त र तारा लामा तामाङले पाँच वर्षमा २ लाख ७४ हजारका दरले चाँडपर्व खर्च बुझ्नुभएको हो ।

यस्तै प्रदेश सभा सदस्यहरु दिव्यश्वरी शाह, देवकी मल्ल थापा, देवराज पाठक, नन्दबहादुर साउँद, पूर्णा जोशी, प्रेमप्रकाश भट्ट, बलदेव रेग्मी, भरतबहादुर खड्का, महेशदत्त जोशी, मालामती कुमारी राना, रतनबहादुर थापा, वीरमान चौधरी, शान्ति नेपाली, श्यामलाल राना र बलबहादुर सोडारीले २ लाख ७४ हजारका दरले पाँच वर्षमा चाँडपर्व खर्च बुझ्नुभएको छ ।

प्रदेश सभा सदस्य अम्भिकुमारी थापाले एक लाख ८० हजार, कुन्ती जोशीले २ लाख ७९ हजार ५ सय, कुमारी नन्दा बमले २ लाख ७९ हजार पाँच सय, झपटबहादुर बोहराले ५६ हजार पाँच सय, दीर्घबहादुर सोडारीले एक लाख १३ हजार, दुर्गाकुमारी कामीले २ लाख ७५ हजार, नेपालु चौधरीले २ लाख ७९ हजार पाँच सय, पठानसिँह बोहराले एक लाख ६७ हजार पाँच सय चाँडपर्व खर्च बुझ्नुभएको हो ।

यस्तै प्रदेश सभा सदस्यहरु प्रकाश रावल, मानबहादुर सुनार, लालबहादुर खड्का, सुशिला बुढाथोकी र माया तामाङ बोहराले २ लाख १७ हजार ५ सय रुपैंया बुझ्नुभएको हो । त्यस्तै प्रेमप्रकाश भट्ट, बलदेव रेग्मी, महेशदत्त जोशी, मालामती कुमारी राना, रतनबहादुर थापा, वीरमान चौधरी, शान्ति नेपाली, श्यामलाल राना, भरतबहादुर खड्का र बलबहादुर सोडारीले २ लाख ७४ हजार रुपैंया बुझेका हुन् ।

मनाकुमारी साउँद र माया भट्टले १ लाख ६१ हजार ५ सय बुझ्नुभएको छ । यता रणबहादुर रावलले २ लाख ३५ हजार ५ सय बुझ्नुभयो । लिलाधर भट्टले २ लाख ७५ हजार लिनुभयो भने सबैभन्दा बढी हर्कबहादुर कुवँरले २ लाख ७९ हजार ५ सय गरी जम्मा एक करोड ३५ लाख ७० हजार नौ सय रुपैंया दशैं खर्च बुझेका हुन् ।

प्रदेश सभाबाट सेवा, सुविधाको ऐन पारित गर्दै प्रदेश सभाका सदस्यहरुले चाँडपर्व शिर्षकमा रकम बुझेका हुन् । सुदूरपश्चिम प्रदेश सभाका ५१ जना प्रदेश सभा सदस्यहरुले बुझेका हुन् । सुदूरपश्चिमका सभामुख अर्जुनबहादुर थापाले मात्र तीन लाख ११ हजार रुपैयाँ चाँडपर्व खर्च बुझ्नुभएको छ । प्रदेश सभाको समय सकिएपछि प्रदेश सभाका सदस्यहरुले दसैंमा खर्च बुझेका छन् ।