जनता टाइम्स

२९ आश्विन २०७९, शनिबार १२:३३

हनुमान चरित्रले शाकाहारी बनेका दारा सिंह


एजेन्सी, २९ असोज । लिउड अभिनेता दारा सिंह लोकप्रिय धार्मिक टेलिफिल्म ‘रामायण’ मा ‘हनुमान’ को भूमिका निर्वाह गरेर विश्वभर लोकप्रिय बन्नुभयो । तर उहाँसँग जोडिएको एक किस्सा भने कमैलाई मात्र थाहा होला ।

हनुमान बन्नकै लागि दाराले जीवनमा एउटा महत्वपूर्ण निर्णय लिनुभएको थियो । उहाँले ‘रामायण’कै लागि हनुमान हुन शाकाहारी बन्नुभयो । त्यसअघि मांसाहारी उनी ‘रामायण’ अवधिभर शाकाहारी नै रहनुभएको थियो ।

सुटिङ सकेर घरमा आउँदा अधिकांशले उहाँको खुट्टा ढोगेका थिए । मानिसहरुले उहाँलाई हनुमान नै ठानेर पूजा समेत गर्दथे । कुनै समय मन्दिरमा उहाँका तस्वीर पनि राखिन्थे । मन्दिरमा समेत आफ्नो तस्वीर राखिएपछि उहाँले सदाका लागि शाकाहारी भोजन अपनाउने निर्णय लिनुभयो ।