जनता टाइम्स

११ कार्तिक २०७९, शुक्रबार १४:०३

चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग


काठमाडौं, ११ कात्तिक । गोरखा अस्पतालमा कार्यरत चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग गरिएको छ । गत आइतबार दिउँसो गोरखा जिल्ला अस्पतालमा बिरामी जाँचिरहँदा डा. अविनाश पराजुलीमाथि कुटपिट भएको घटनामा संलग्नलाई कारबाही गर्न नेपाल समाजवादी पार्टी अध्यक्ष डा. बाबुराम भट्टराई माग गर्नुभएको हो ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत् भट्टराईले चिकित्सकमाथि हातपात गर्ने कार्य क्षम्य हुन नसक्ने बताउनुभएको हो ।

‘गोरखा हस्पिटलमा डाक्टरमाथि कुटपिट भएको घटनाले अत्यन्त दुःखित छु र यसको घोर भर्त्सना गर्दछु’, ट्वीटरमा लेख्नुभएको छ, ‘जसले जुनसुकै कारणले गरेको भए पनि सेवारत चिकित्सकमाथि हातपात गर्ने कार्य क्षम्य हुनसक्दैन। यसलाई गम्भीरतापूर्वक लिएर तुरून्त दोषीलाई कानुन बमोजिम कारबाही गर्न जिल्ला प्रशासनसँग आग्रह गर्दछु ।’