उदयपुर, कात्तिक १४ । नेकपा एमालेका उम्मेदवारहरु त्रियुगा नदी किनार सरसफाइमा जुटेका छन् । पार्टीका कार्यकर्ता लिएर सदरमुकाम नजिकको छठ पुजा स्थल त्रियुगा नदी पुगेका प्रतिनिधिसभा सदस्य क्षेत्रनं १ का उम्मेदवार मन्जुकुमारी चौधरी र सोही क्षेत्रको प्रदेशसभा सदस्य २ का उमेदवार इश्वरमणि राउत सरसफाइमा जुटनु भएको हो ।
छठ पुजा स्थल सरसफाइमा व्यवस्थापन समिति, सर्वसाधरण, सामाजिक अयियन्ताहरु जुटिरहेका बेला उम्मेदवारद्धय कार्यकर्ताको लिएर पुगेका हुन् । आयोजकसँगै सरसफाइमा जुटेका उनीहरुले सबै समुदायको आश्था र सांस्कृति धरोहरकोरुपमा रहेको छठ पुजामा आफुहरु रहने र रचनात्मक सहयोग गर्ने बताउनु भयो ।
प्रतिनिधिसभा सदस्य उम्मेदवार चौधरीले आफुले दुई दशक बढी समयदेखि बर्षेनी छठ पर्वमा वर्त बसी पुजाआरधना गर्ने गरेको बताउनु भयो । उहाँले विगतका बर्षमा छठ पर्व एउटा निश्चित समुदाय मात्र भन्ने बुझाई पछिल्लो समय हराएको र सबैको साझा पहिचानकोरुपमा स्थापित भएको बताउनु भयो ।
प्रदेशसभा सदस्य उमेदवार राउतले पछिल्लो समय मुलुकमा सबै धर्म जातजातिका पर्वहरु साझा पहिचानको रुपमा स्थापित भएको बताउनु भयो । धार्मिक आश्था र संस्कृतिको संरक्षणमा जोड दिँदै राउतले संस्कृतिले नै सबै नेपालीलाई एउटै मालमा बुन्ने गरेको उदाहरण दिनुभयो ।
त्यस अवसरमा उमेदवार द्धयले संस्कृति संरक्षण र विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताउनु भयो । झाडु लिएर पुगेकी त्रियुगा नगरपालिकाका निवर्तमान उमेयर देवीकुमारी चौधरी पनि उम्मेदवार सँगसँगै सरसफाइमा जुटनु भएको थियो ।














प्रतिक्रिया दिनुहोस्