जनता टाइम्स

१५ कार्तिक २०७९, मंगलवार १३:४३

भक्तपुरमा १४ वर्षीया बालिका बलात्कृत


भक्तपुर, १५ कात्तिक । भक्तपुरमा एक जना १४ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

ती बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले भक्तपुर सूर्यबिनायक नगरपालिका–३ बालकोट बस्ने २२ वर्षीय रुपक खड्कालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

खड्काले ती बालिकालाई पटक पटक बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।