अहिलेको सन्धर्भमा आएको पार्टीहरूको योजना र हाम्रो पार्टीको योजना दाँजेर हेर्दा हुन्छ , गठबन्धनको योजना एमाले लाइ हराएर सत्तामा टिक्ने मात्र छ भने एमालेको योजना देशको बिकास कसरी गर्न सकिन्छ भन्ने चिन्तनमा छ। एमाले समृद्ध नेपाल सुखी नेपालीको विशाल योजना लिएर अगाडी बढेको अवस्था छ भने गठबन्धन दोषदोषारोपणमा लागेर आफ्नो पार्टीको नीति समेत बिर्सिएर भौतारिएको अवस्था छ।
चानक पोखरेल
देश पूर्ण रूपमा चुनावमा होमिएको अवस्था छ अहिले। उमेदवारहरू घर-आँगनमा ” नमस्कार” भन्दै आउन थालेका छन्। असल पार्टी, जनताको पार्टी, यो निर्वाचनमा नेकपा एमालेका उमेद्वारहरूलाई मतदान गरेर जिताउनको निमित्त सम्पूर्ण मतदाताहरूमा हार्दिक अनुरोध गर्दछु। हाम्रो पार्टीले सरकारमा रहँदा शुरुगरेका तथा पूर्ण गरेका कार्य तथा योजना हरू सबै समक्ष यही पोस्ट मार्फत राख्दछु ।
१) आफ्नो गाउँ आफैं बनाउँ को थालनी
२) वृद्ध तथा असहायलाई उचित भत्ताको व्यवस्था
३) संविधान जारिगर्न नेतृत्वको सशक्त अडान
४) गुमेको भू-भाग लाई समेटेर देशको नयाँ नक्सा बनाएको
५) एकतर्फी अन्याय युक्त पारवहन सन्धीलाई चुनौती दिंदै चिन सँग नयाँ पारवहन सन्धी गरिएको
६) यातायातको अर्को विकल्प रेलको सुरुवात र सुरुङ्ग मार्ग को थालनी
७) पेट्रोलियम पदार्थ ढुवानीको निमित्त भारत सँग पाइपलाइन को कनेक्सन
८) कोभिडको संक्रमणकालिन स्थितिमा शून्य बाट सुरु गरेर देश भित्र धेरै भन्दा धेरै परिक्षण गर्न ल्याब हरूको स्थापना
९) गुमेको भू-भाग फिर्ता ल्याउनको निमित्त संसदमा गर्विलो आवज उठाउँदै सम्बिधान संसोधन गरिएको
१०) देश भौगोलिक रूपमा सानो ठूलो हुन सक्ला तर सार्वभौमिकता सबैको समान हुन्छ भन्ने सन्देश अन्तराष्ट्रिय माध्यममा दीएको
११) धेरै भन्दै धेरै तुइनलाइ विस्थापित गरेर नदी तर्न पूल पुलेसाको व्यवस्था गरिएको
१२) बिराटनगर किमाथांका जस्तो गौरवपूर्ण राजमार्गको निर्माण
१३) मध्ये पहाडी लोकमार्गको निर्माण
१४) विभिन्न हाइड्रोपावरहरूको निर्माण
१५) देशका भत्किएका धरोहरहरू रानी पोखरी तथा धरहराको निर्माण
१६) ३९८ वटा अस्पतालहरूको एकै दिन एकै चोटी शिलान्यास
१७) छिमेकी राष्ट्र चीनका राष्ट्रपतिलाई धेरै लामो समय पश्चात नेपालमा आमन्त्रण गर्ने कार्य
१८) चीन तर्फबाट चारवटा नाका खोल्ने कार्य
माथीका बुंदामा उल्लेखित कार्यहरू प्रतिनिधिमूलक केही उदाहरण मात्र हुन्। यस्ता धेरै कार्य हाम्रो पार्टीका अध्यक्ष केपी ओली प्रधानमंत्री भएको समयमा भएका छन। देशको सार्वभौमिकताको सुरक्षाको निम्ति भारतबाट आएका कथित पत्रकारहरूलाइ हायल कायल बनाएर पठाइएको थियो।
अहिलेको सन्धर्भमा आएको पार्टीहरूको योजना र हाम्रो पार्टीको योजना दाँजेर हेर्दा हुन्छ , गठबन्धनको योजना एमाले लाइ हराएर सत्तामा टिक्ने मात्र छ भने एमालेको योजना देशको बिकास कसरी गर्न सकिन्छ भन्ने चिन्तनमा छ। एमाले समृद्ध नेपाल सुखी नेपालीको विशाल योजना लिएर अगाडी बढेको अवस्था छ भने गठबन्धन दोषदोषारोपणमा लागेर आफ्नो पार्टीको नीति समेत बिर्सिएर भौतारिएको अवस्था छ। गठबन्धनको कारणले पार्टीहरूको नीति तथा सिद्धान्त माथि धेरै विचलन आइसकेको अवस्था छ। मतदाता तथा कार्यकर्ताले आफ्ना पार्टीका उमेदवारलाई भोट हाल्न नपाउने अवस्थाको सिर्जना यही गलत गठबन्धनको कारणले भएको छ।
देश र जनताको हीतमा थालिएका सम्पूर्ण कार्यहरूलाई टुंगोमा पुर्याउनको निमित्त, विषाक्त गठजोडका अभिसाप युक्त योजना बाट देश बर्बाद पार्न बाट जोगाउन, न्यायालयलाई न्यायको घर बनाउनको निमित्त , संबैधानिक निकायहरूमा पार्टीको हिस्सा प्रणालीलाई अन्त्य गर्नको निमित्त, आफ्ना व्यक्तिगत कुण्ठा पुरा गर्न एकै ठाउँमा भेला भएर देशलाई डुबाउन उद्दत अबैधानिक गठबन्धनलाइ परास्त गर्नको निमित्त राम्रा, देशको निमित्त धेरै योगदान दिएका, स्पष्ट नीति र योजना बोकेका, ठुलो भिजनहरूको भण्डार भएका नेकपा एमालेका सम्पूर्ण उमेदवारहरुलाई आफ्नो अमूल्य मत प्रदान गरी आउंदै गरेको मंसिर चार गतेको चुनाव मार्फत विजय गराइदिनु हुन हार्दिक अनुरोध गर्दछू।
उपसचिव
प्रवासी नेपाली मञ्च, अन्तराष्ट्रिय कमिटी













प्रतिक्रिया दिनुहोस्