सप्तरी, ६ मंसिर । सप्तरी क्षेत्र नम्बर-२ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले अग्रता कायमै राख्नुभएको छ । डा. राउतले ५ हजार ७ सय १८ मत प्राप्त गरी अग्रता कायमै राख्नुभएको हो ।
जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव २ हजार ६ सय ४७ मत प्राप्त गरी दोस्रो स्थानमा हुनुहुन्छ । त्यस्तै वाम गठबन्धनका जयप्रकाश ठाकुर १ हजार २ सय ९ मतका साथ तेस्रो स्थानमा रहनुभएको छ । त्यस्तै सप्तरी २ (क) मा जनमत पार्टीका सतिस सिंह ५ हजार ४ सय २३ मत प्राप्त गरी पहिलो स्थानमा हुनुहुन्छ ।
जनता समाज पार्टीका शैलेन्द्र प्रसाद साह २ हजार ६ सय २९ मत प्राप्त गरी दोस्रो स्थानमा र लोकतान्त्रिक समाजवादी पार्टीका सरोज मण्डल २ हजार १७ मत प्राप्त गरी तेस्रो स्थानमा हुनुहुन्छ ।
सप्तरीकै २ को (ख) मा जनमत पार्टीका महेश यादव ४ हजार २ सय ८९ मत प्राप्त गरी अग्रता कायम गर्नुभएको छ। वाम गठबन्धनका उमेश यादवले २ हजार ३ सय २५ मत प्राप्त गरि दोस्रो स्थानमा र जसपाका लक्ष्मण यादव १ हजार ८ सय ९० मत प्राप्त गरी तेस्रो स्थानमा रहनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्