जनता टाइम्स

९ मंसिर २०७९, शुक्रबार १४:२४

कोदालो प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ


काठमाडौं, ९ मंसिर । कोदालो प्रहार गरी हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । मकवानपुरको थाहा नगरपालिका–१२ गैरीगाउँ बस्ने ८९ वर्षीय आइत सिंह स्याङ्तानको कोदालोको बिडले प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीय टाइसन गोलेलाई बिहीबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

एक आपसमा विवाद हुँदा टाइसनले कोदालोको बिडले हान्दा स्याङ्तान गम्भीर घाइते हुनुभएको थियो । गम्भीर घाइते हुनुभएको उहाँको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको थियो । ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले टाइसनलाई पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।