जनता टाइम्स

२९ मंसिर २०७९, बिहीबार १३:१३

एनआरएनए स्वास्थ्य शिविरमा ३५० जनाले सेवा लिए


उदयपुर, २९ मंसिर । उदयपुरको गाईघाटमा महिलाहरुको स्तन क्यान्सरबारे स्वास्थ्य शिविरको आयोजना गरिएको छ । क्यान्सर रोग विशेषज्ञ डाक्टर अरुण शाही लगायतको टोलीले गाईघाटमा महिलाहरूमा हुने स्तन क्यान्सरको परीक्षण गरेका हुन् । डा‍. शाहीका अनुसार शिविरमा ३५० जनाले सेवा लिएका छन् ।

साथै शिविरमा सुगर र मिर्गौलाको जाँच गरिएको थियो । पछिल्लो समय देशमा स्तन क्यान्सर भयावह रुपमा देखिँदै आएको छ । शिविरको आयोजना गैरआवासीय नेपाली संघ विश्व स्वास्थ्य समितिका अध्यक्ष डा. सन्जिव सापकोटाले गर्नुभएको थियो । २५ जना चिकित्सकले सेवा दिनुभएको हो ।