जनता टाइम्स

२७ पुष २०७९, बुधबार १३:३८

मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाका यादव नियुक्त


जनकपुरधाम, २७ पुस । मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोजकुमार यादव नियुक्त हुनुभएको छ । आज दिउँसो प्रदेश प्रमुख हरिशंकर मिश्रले यादवलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

प्रदेश प्रमुख मिश्रले यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त गरिएको प्रदेश प्रमुख कार्यालयले जानकारी दिएको छ ।

यसअघि यादवले बहुमत सांसदहरूको हस्ताक्षरसहित मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुख मिश्रसमक्ष दाबी गर्नुभएको थियो ।