जनता टाइम्स

२४ माघ २०७९, मंगलवार १४:५६

लक्ष्मी घिमिरेको निश्कर्ष : सांसद भएपछि प्रदेशको औचित्य झन देखिनँ


काठमाडौं, २४ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद लक्ष्मी घिमिरेले प्रदेश संरचना र संघीयताको औचित्य नभएको बताउनुभएको छ ।

सो पार्टीकी केन्द्रीय सदस्यसमेत रहेकी घिमिरेले सामाजिक सञ्जालमा लेख्दै भन्नुभएको छ , ‘हिजो पनि प्रदेशको काम छैन भन्ने नै लाग्थ्यो, आज म आफैँ प्रदेश सांसद भइसकेपछी झन् प्रदेशको कुनै औचित्य छैन भन्ने कुरामा स्पष्ट हुँदै छु।’

सो पार्टीबाट बागती प्रदेशमा प्रतिनिधित्व गर्ने सांसदले अगाडि लेख्नुभएको छ, ‘हामी हरेक पटकको बैठकमा संघीयता खारेजीको माग गर्छौं। संघीयता देश र जनताको लागि बोझ भइसकेको छ ।’