काठमाडौं, फागुन १३ । नेकपा एमालेले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई पार्टीबाट निष्कासन गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बसेको सचिवालयको बैठकले प्रसाईंलाई निष्कासन गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता एवं उपमहासचिव पृथ्वीसुब्बा गुरूङले जानकारी दिनुभयो ।
बैठकपछि पत्रकारसँग कुराकानी गर्दै गुरूङले प्रसाईलाई पार्टीबाट निष्कासित गर्ने निर्णय भएको बताउनु भयो ।
पछिल्लो समय प्रसाई नागरिक बचाउ महाअभियानमा लाग्नुभएको थियो । प्रसाईले गत फागुन १ गते काँकडभिट्टामा पूर्वराजा ज्ञानेन्द्र शाह र पारस शाहलाई राखेर कार्यक्रम गरेपछि चर्काे बिवादमा तानिनु भएको थियो ।

उक्त अभियानको उदघाटन ज्ञानेन्द्र शाहले गर्नुभएको थियो । एमाले केन्द्रीय सदस्य भएर एमालेको नीतिबाहेक सवै कुरा बोकेपछि प्रसाई निश्काशनमा पर्नुभएको हो । प्रसाईले मुलुक २०४६ सालअघि फर्काउनुपर्ने भन्दै भाषण समेत गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्