जनता टाइम्स

२ चैत्र २०७९, बिहीबार १८:२६

मकवानपुरमा यात्रुबाहक बस दुर्घटना, १४ जना घाइते


हेटौंडा, २ चैत । मकवानपुरमा यात्रुबाहक बस दुर्घटना भएको छ ।

मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ डिपार्टमा यात्रुबाहक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । आज दिउँसो ३ः४५ बजे काठमाडौंबाट हेटौंडा आउँदै गरेको बा ७ ख १३२६ नम्बरको बस आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मनहरीका अनुसार सवारी चालकसहित १४ जना घाइतेहरुलाई उपचारको लागि चितवनको भरतपुर अस्पताल पठाइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं डिएसपी टेकबहादुर कार्कीका अनुसार दुर्घटनाबाट एकजना गम्भीर घाइते हुनुभएको छ ।