जनकपुरधाम, २१ चैत । मधेस प्रदेशमा सबैभन्दा ठूलो दल बनेको नेकपा एमाले आज सरकारबाट बाहिरिँदैछ । एमालेका चारैजना मन्त्रीले आज केहीबेरमा राजीनामा बुझाउँदै छन् ।
एमालेबाट मन्त्री बनेकाहरू भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादव, गृह तथा सञ्चारमन्त्री शत्रुघनप्रसाद सिंह, कानूनन्याय तथा प्रदेशमामिला मन्त्री राजकुमार लेखी र महिला–बालबालिका, युवा तथा खेलकुद मन्त्री मो. जैद आलमले राजीनामा दिने हुनुभएको हो ।
चारैजनाले मुख्यममन्त्री सरोजकुमार यादवसमक्ष केही बेरमा राजीनामा बुझाउने गृह तथा सञ्चारमन्त्री शत्रुघनप्रसाद सिंहले जानकारी दिनुभयो । केन्द्रमा सत्ता समीकरण फेरिएपछि काम गर्न असहज भएकाले राजीनामा दिन लागेको उहाँले बताउनुभयो । मधेसमा एमालेका २३ सांसद छन् ।













प्रतिक्रिया दिनुहोस्