काठमाडौं, जेठ १ । प्रतिनिधिसभाअन्तर्गतका संसदीय समितिहरु मंगलबारदेखि सक्रिए भएका छन । गत वैशाख १५ गते गठन भएका प्रतिनिधिसभा अन्तर्गतका संसदीय समिति बैठक आजदेखि बस्न थालेका हुन ।
आज एकैदिन १० वटा समिति बैठक बसेको छ । पहिलो बैठकको अध्यक्षता सभापति चयन नभएको कारण समितिका जेष्ठ सदस्यहरूले गरेका छन । बिहान ९ बजे अर्थ समितिको पहिलो बैठक बसेको हो । अधिकांश संसदीय समितिले बैठकमा स्वागत, परिचय र समितिको कार्यक्षेत्रका सम्बन्धमा जानकारी गराएका छन ।
आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानुन, न्याय तथा मानवअधिकार, राज्यव्यवस्था तथा सुशासन, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि, सार्वजनिक लेखा, दिगो विकास र सुशासन, विद्यायन व्यवस्थापन र राष्ट्रिय सरोकार तथा समन्वय समिति गरी १० वटा समितिको बैठक बसेको हो ।
अधिकांश समिति करिब २५ सदस्यीय बनाइएको छ । समिति सभापतिमा राजनीतिक दलहरूबीच विवाद हुँदा लामो समयसम्म बैठक बस्न सकेको थिएन।
यसअघि वैशाख २९ गते प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच संसदीय समिति सभापति बाँडफाँटको विषयमा सहमति भएको थियो।













प्रतिक्रिया दिनुहोस्