जनता टाइम्स

१९ असार २०८०, मंगलवार १३:०७

अर्थ समिति बैठकमा पलास्टिकका बोत्तल हटाइयो, स्टिलको जग राखियो


काठमाडौं, १९ असार । संसदीय समितिमा पलास्टिकका बोत्तल निषेध गरिन सुरु गरिएको छ । हालै अर्थ समितिको बैठकमा प्लास्टिकका पानीको बोत्तलको सट्टा स्टिलको जग तथा सिसाको गिलास प्रयोग गर्न थालिएको छ । सो बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बिराजभक्त श्रेष्ठले जानकारी दिँदै भन्नुभयो,‘पर्यावरण संरक्षणमा सानो उपलब्धी’ हो ।

उहाँले स्टिलको जग तथा सिसाको गिलास बैठक कक्षमा आउन थालेपछि लेख्नुभएको छ,‘अर्थ समितिको अघिल्लो बैठकमा हामीले प्लास्टिकको बोटल हटाउन गरेको अनुरोधलाई कार्यन्वयन गरि पुनः प्रयोग गर्न सकिने स्टील र सीसाको भाँडा प्रयोग गरी दिनु भएकोमा हृदय देखि नै धन्यवाद ।’ उहाँले अगाडि लेख्नुभएको छ, ‘सानो सानो पाइलाले परिवर्तनको बाटो खोल्दछ, नेपालको जय होस् ।’