जनता टाइम्स

१ भाद्र २०८०, शुक्रबार १७:१५

कञ्चनपुर घटनामा संलग्न ४ जना युवा संघबाट निष्कासित


कठमाडाैं, भदौ १। नेकपा एमाले निकट युवा संघ राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुर जिल्ला अधिवेशनका बेला कुटपिटमा संलग्न ४ जनालाई एमाले र युवा संघकाे सदस्यसमेत नरहने गरी निष्कासित गरिएको छ ।

आज प्रेस विज्ञप्ति जारी गर्दै युवा संघ नेपालका महासचिव सुमन पुरीले कुटपिटमा संलग्न संघका केन्द्रिय सदस्य केशव चन्द, प्रवीन बोगटी, रोहित कुँवर र नवीन चन्दलाई पार्टी र संघको सदस्य समेत नरहने गरी निष्कासित गरिएको बताउनुभएकाे छ ।

कुटपिटलाई साङ्घातिक र बर्बर आक्रमणको संज्ञा दिँदै आक्रमणमा संलग्नलाई कानुनबमोजिम कारबाही गर्न प्रशासनलाई आग्रह समेत गरिएकाे संघका प्रवक्ता निराेज पाैडेलले जानकारी दिनुभयाे ।

निर्वाचन कार्यतालिका टाँस गर्ने क्रममा भीमदत्त नगरपालिका-१८ का वडाध्यक्षसमेत रहेका पार्टी जिल्ला कमिटी सदस्य रविन्द्रप्रसाद देवकोटामाथि कुटपिट भएको थियो । घाइते देवकोटा हाल काठमाडौंमा उपचाररत हुनुहुन्छ ।