जनता टाइम्स

२५ भाद्र २०८०, सोमबार २०:०२

कांग्रेसका नेता समेत रहेका वडा अध्यक्ष परस्त्रीसँग होटलमा भेटिए


काठमाडौँ, २५ भदौ । नुवाकोट जिल्लाको म्यागङ गाउँपालिका वडा नं.३ का अध्यक्ष परस्त्रीसहित होटलबाट रंगेहात पक्राउ परेका छन् ।विदुर नगरपालिका वडा नम्बर २ को होटल दरबारभ्यूबाट नेपाली कांग्रेसका नेता समेत रहेका हरिबहादुर तामाङ पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटले घटना विवरण बताउन नचाहे पनि पक्राउ गरिएकोबारे भने पुष्टि गरेको छ ।महिलाको श्रीमानको उजुरीको आधारमा पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ । बैदेशिक रोजगारीको शिलशिलामा देशबाहिर रहेपछि वडा अध्यक्ष तामाङले ती महिलासँग समय बिताउने गरेका थिए । महिलाको श्रीमानको सूचनापछि प्रहरीले होटलबाटै उनीहरूलाई पक्राउ गरेको हो ।तामाङ गत स्थानीय तह निर्वाचनमा ७९० मतसहित विजयी भएका थिए । उनले नेकपा मओवादी केन्द्रका बुद्धि बहादुर तामाङलाई पराजित गरेका थिए । बुद्धिले ५८२ मतमात्र प्राप्त गरेका थिए ।