जनता टाइम्स

२६ भाद्र २०८०, मंगलवार १३:४६

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिरबाट एक केजी सुन बरामद


काठमाडौं, २६ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट एक केजी सुन बरामद भएको छ ।

काठमाडौं प्रहरी परिसरको टोलीले हिजो दिउँसो एक केजी सुनसहित केही व्यक्तिलाई पक्राउ गरेको बुझिएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेको संख्या अझ बढ्न सक्ने छ । यस विषयमा अहिले प्रहरीले थप केही खुलाएको छैन ।