जनता टाइम्स

२९ भाद्र २०८०, शुक्रबार १८:४१

कुटपिट गरी बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ


दाङ, २९ भदौ । आफ्नै बुवा ५१ वर्षीय प्रेम बहादुर केसीको कुटपिट गरी हत्या गरेको अभियोगमा घोराही उपमहानगरपालिका–५ दलजितपुर बस्ने २८ वर्षीय सन्तोष केसीलाई प्रहरीले पक्राउ गरेको छ ।

सुतिरहेको अवस्थामा सन्तोषले कुटपिट गर्दा गम्भीर घाइते भएका प्रेम बहादुरको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ हुँदै मेडिकल कलेज कोहलपुर बाँकेमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

मादक पदार्थ सेवन गरी आफ्नै बुवालाई कुटपिट गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट दलजितपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।