जनता टाइम्स

१२ आश्विन २०८०, शुक्रबार २१:४०

अर्जुनधाराका स्वास्थ्य शाखा प्रमुख बस्नेतको जिम्मेवारी खोसियो


काठमाडौं, १२ असोज ।  झापाको अर्जुनधारा नगरपालिकाले स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतलाई जिम्मेवारीबाट हटाएको छ ।‘जंगलमा डेटिङमा जाँदा श्रीमतीले फेला पारेको’ भन्दै बस्नेतमाथि उनकै श्रीमतीले गाली गर्दै लछारपछार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि नगरपालिकाले बस्नेतलाई स्पष्टीकरण समेत सोधेको छ ।

नगर प्रमुख बलदेवसिंह गोम्देनको निर्देशन अनुसार बस्नेतलाई ३ दिनभित्र स्पष्टीकरण बुझाउन भनिएको प्रमुख प्रशासकीय अधिकृत त्रिलोचन रिमालले जानकारी दिनुभयो । ‘घटना समाजिक सञ्जालमा आएको देखिएको छ, त्यो घटना के हो भन्ने पनि थाहा छैन,’ उहँले भन्न्भयो ‘तर, नैतिक प्रश्न उठेकाले स्पष्टीकरण सोधेका हौं ।’

घटना कार्यालय, कार्यालय समयमा नभएको भन्दै उहाँले कहाँ कहिले घटना भएको हो भन्ने पनि स्पष्ट नभएको बताउनुभयो । उहाँले सिनियर अहेब समेत रहेका न्यौपानेसँग देखिएकी युवती को हुन् भन्ने पनि जानकारी नभएको बताउनुभयो । ‘यदि कार्यालयकै कर्मचारी रहेछन् भने सम्बन्धितलाई पनि कारबाही हुन्छ,’ उहाले भन्नुभयो । उहाँले स्पष्टीकरण चित्त बुझ्दो नआए विभागीय कारबाहीका लागि सिफारिस गरिने बताउनुभयो ।