जनता टाइम्स

२१ आश्विन २०८०, आईतवार ०९:५३

अमेरिका छिर्न खोज्ने ५० नेपाली मेक्सिकोबाट फिर्ता,भर्खर काठमाण्डौ ल्याण्ड


काठमाडौं, असोज २१ । संयुक्त राज्य अमेरिका प्रवेशका लागि विश्वका विभिन्न मुलुक हुँदै मेक्सिको पुगेका ५० जना नेपालीलाई डिपोर्ट गरिएको छ । ती सबै आज बिहान टर्किस एअरलाइन्सको उडान नम्बर टीके ७२६ मा साढे ६ बजे इस्तानबुलबाट काठमाडौं आइपुगेका छन् ।

उनीहरु काठमाडौंबाट दुबई,नयाँ दिल्ली, दोहालगायत शहर हुँदै मेक्सिको पुगेको बताइन्छ । अमेरिकाको सीमाना नाघेर प्रवेश गर्ने उद्देश्यले त्यहाँ पुगेको आशंकामा मेक्सिकोले विमानस्थलबाटै इस्तानबुल फिर्ता पठाएको हो ।

तीमध्ये केही युनाइटेड अरब इमिरेट्समा झण्डै एक दशकसम्म काम गरेकासमेत पाइएको छ । मेक्सिकोबाट आज बिहान काठमाडौं आइपुग्नेमा धेरैजसो रोल्पा,रुकुम र सल्यानका छन् ।