अछाम, ११ पुस । अछाममा आगोमा परेर एक जना पुरुषको मृत्यु भएको छ । जिल्लाको साँफेबगर नगरपालिका–३ का ३६ वर्षीय सुरेश कुवरको मृत्यु भएको हो ।
उहाँ मृगी रोग भएको समेत पाइएको छ । उनी घरभित्र भान्साकोठाको आगोमा परेर घाइते भएका हुन्। घाइते कुवरको उपचारकाक्रममा न्याय हेल्थ अस्पताल बयलपाटामा मङ्गलवार राति मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्