जनता टाइम्स

२८ पुष २०८०, शनिबार १५:४४

अयोध्याका राम मन्दिरका लागि ४४ क्विन्टल लडडु बनाइदैँ


अयोध्या, २८ पुस । अयोध्यामा २२ जनवरीमा हुन लागेको राम मन्दिरको उद्घाटन र अभिषेकको तयारी तीव्र गतिमा भइरहेको छ । कार्यक्रममा आउने आगन्तुकका लागि आवासदेखि सुरक्षाको व्यवस्था मिलाइएको छ । यसैबीच प्राणप्रतिष्ठा कार्यक्रमका लागि लड्डू बनाउने काम सुरु भएको छ । उत्तर प्रदेश र गुजरातका मजदुरहरूले देसी घिउबाट बनेको विशेष लड्डू तयार गर्दैछन् ।

भारतीय सञ्चारमाध्यमका यो प्रसाद देवराह बाबाले जनवरी २२ मा आउने रामभक्तहरूलाई बाँड्ने छन् । लड्डुको प्रसाद तयार गरी टिफिनमा प्याक गरिँदैछ । देवराह बाबाका शिष्यलाई उद्धृत गर्दै भारतीय मिडियाले लेखेका छन, ‘यो शुद्ध देसी घिउबाट बनेको लड्डु हो, जसमा एक थोपा पानी पनि प्रयोग गरिएको छैन । ६ महिनासम्म बिग्रने छैन । पहिले चाँदीको थालमा भगवान रामलालालाई बलि चढाइन्छ । यो प्रसाद भोगपछि आउने भिआइपीहरूलाई दिइनेछ ।’

एउटा बक्समा कुल ११ वटा लड्डू हुनेछन् । दर्शनका लागि आउने रामभक्तहरूलाई पनि प्रसाद वितरण गरिने सो बक्समा ५ वटा लड्डू रहने छन् । देवराह बाबाको प्रेरणामा १ हजार १११ मण लड्डू चढाइदैँछ । रामललालाई ४४ क्विन्टल लड्डू चढाइनेछ । भुमी पुजनका बेला पनि देवराह बाबाले ट्रस्टलाई हजारौं क्विन्टल लड्डू दिएका थिए ।

४४ क्विन्टल लड्डु बनाउन ४० जना कारीगरहरु लागेका छन्, यो लड्डुको विशेषता भनेको यसमा पानीको एक थोपा पनि प्रयोग गरिएको छैन । देवराह बाबा एक संत थिए, जसले राम मन्दिर निर्माणको भविष्यवाणी गर्नुभएको थियो । भगवान रामको जन्म भएको ठाउँमा भगवान श्रीरामको भव्य मन्दिर निर्माणको काम गरिने उहाँले बताउनुभएको थियो, जुन उहाँको सपना पुरा हुदैँछ ।