धनगढी, १७ माघ । बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दोगडाकेदार गाउँपालिका वडा नम्बर २ कटौज पानीमा जिप दुर्घटना हुँदा दोगडाकेदार गाउँपालिका–८ कालागाउँकी १५ वर्षीया मनीषा विष्टको घटनास्थलमै मृत्यु भएको हो ।
सुदूरपश्चिम प्रदेश ०१००ज १५३७ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । घाइते हुनेमा कालागाउँका ५० वर्षीय बिरे लुहार, २६ वर्षीय घुमरा विष्ट, ४० वर्षीय कृष्णा विष्ट, ७० वर्षीय हरिमाया विष्ट, १७ वर्षीय महेश विष्ट र ३० वर्षीय जिपभुपेन्द्र विष्ट रहेका छन् ।
घाइते मध्ये चालकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घाइते सात जनाको जिल्ला अस्पताल बैतडीमा उपचार भैरहेको छ। प्रहरीका अनुसार जिपमा आठ जना सवार थिए। जिप सडकबाट ५० मिटर तल खसेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्