जनता टाइम्स

१८ फाल्गुन २०८०, शुक्रबार २०:०७

अछाममा घाँस काट्न गएकी महिलाको मृत्यु


अछाम, १८ फागुन । अछाममा घाँस काट्न गएकी एक महिलाको मृत्यु भएको छ । जिल्लाको चौरपाटी गाउपालिका–१ कि करिब ४२ वर्षीया सरु साउदको घाँस काट्ने क्रममा घटनास्थलमै मृत्यु भएको हो ।

मृतक साउदका पाँच छोरी र एक छोरा छन् । श्रीमान् रोजगारीको शिलशिलामा भारतमा रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । मृतक सरुको शव पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइने प्रहरी चौकी सिउडीले जनाएको छ ।