जनता टाइम्स

२७ फाल्गुन २०८०, आईतवार १८:४९

१२ वर्षीया छोरी बलात्कार आरोपमा बाबु पक्राउ


अछाम, २७ फागुन । अछामको मंगलसेन नगरपालिका–१४ मा १२ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । शनिबार साँझ ४ बजेको समयमा मादक पदार्थ सेवन गरेर लठ्ठ भएका बाबुले छोरीलाई एक्लै भएको मौकामा बलात्कार गरेको जाहेरीमा उल्लेख रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी सन्तोष पाठकले बताउनुभयो ।

बालिकालाई लिएर आमाले प्रहरीमा जाहेरी दिएकी थिइन । आरोपित बुवालाई शनिबार नै पक्राउ गरेर अनुसन्धान गरिरहेको डिएसपी पाठकले बताउनुभयो । बलात्कृत नाबालिकको शनिबार नै स्वास्थ्य परीक्षण भइसकेको छ । प्रारम्भिक अनुसन्धान अनुसार उनीमाथि बलात्कार भएको देखिएको छ ।