जनता टाइम्स

३२ जेष्ठ २०८१, शुक्रबार ०७:३४

ताप्लेजुङमा पहिरोमा परी एकै परिवारका चार जनाको ज्यान गयो


काठमाडौं, ३२ जेठ ।  ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका २ खेजिनिममा गएराति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।

गाउँपालिकाका अध्यक्ष राजन लिम्बूकाअनुसार पहिरोमा पुरिएर ६९ वर्षीय रामबहादुर लिम्बू, उहाँकी श्रीमती जसमाया र उहाँहरुका छोरीहरू नौ वर्षीया गङ्गा र जमुनाको ज्यान गएको हो । यसैगरी ४० वर्षीया युगेन लिम्बू र उहाँकी तीन वर्षीया छोरी घाइते हुनुभएको

बाढीले तमोर करिडोरका दुईसहित ६ वटा पुल बगाएको गाउँपालिकाका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।

राजमार्ग किनारमै नाला खन्दा नगरपालिका र ठेकेदारले आवश्यक सावधानी नअपनाएको भन्दै स्थानीयबासीले विरोध गरेका छन् ।