काठमाडौं, असार २९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा गठन हुने सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल सहभागी हुने निर्णय गरेको छ ।
पार्टी कार्यालय बबरमहलमा आज बसेको संसदीय दलको बैठकले सरकारमा सहभागी हुने निर्णय गर्दै मन्त्रीको नाम टुङ्गो लगाउने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई दिएको सचेतक रामप्रकाश चौधरीले जानकारी दिनुभयो । बैठकले बाढीपहिरो र डुबानबाट प्रभावित जनतालाई तत्काल प्रभावकारी राहत उपलब्ध गराउन सरकार र राजनीतिक दललाई आग्रह गरेको छ ।
बैठकले पहिराका कारण त्रिशुली नदीमा खसेर बेपत्ता भएको दुईवटा बसको खोजी चुस्त बनाउन सरकारको ध्यानाकर्षणसमेत गराएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्