काठमाडौं, साउन ३ । एक किलो एक सय ग्राम लागुऔषध कोकिनसहित दुई जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । बजार मूल्य ३ करोड ८५ लाख रूपैयाँ हुन आउने उक्त कोकिनसहित दुई जनालाई लागूऔषध ब्युरोले पक्राउ गरेको हो ।
ब्यूरोका अनुसार पक्राउ पर्नेमा भारतीय नागरिक २३ वर्षीय फहिमुद्दिन नासिमुद्दिन अन्सारी र नाइजेरियन नागरिक ४४ वर्षीय इकेचुकवा सिरिल ओबोडोइफुला रहेका छन । उनीहरूलाई साउन १ गते पक्राउ गरेको लागूऔषध ब्युरोले जनाएको छ ।
भारतीय नागरिकलाई काठमाडौं महानगरपालिका २६ ठमेलबाट र नाइजेरियन नागरिकलाई काठमाडौं महानगरपालिका(९ पिंगलास्थानबाट पक्राउ गरिएको ब्युरोका सहप्रवक्ता प्रेमबहादुर शाहीले जानकारी दिनुभयो ।
प्रहरीकाअनुसार भारतीय नागरिकलाई पक्राउ गरेर सोधपुछ गर्ने क्रममा नाइजेरियन नागरिकलाई पक्राउ परेका हुन्। भारतीय नागरिकले नाइजेरियन नागरिकबाट कोकिन लिएको खुल्न आएको छ।
उक्त कोकिन नाइजेरियन नागरिकले ज्याकेटमा फल्स बटम बनाएर कतारदेखि ल्याएको खुलेको प्रहरी अनुसन्धानमा खुलेको छ। उनले ज्याकेटबाट निकालेर जुसको बट्टामा लुकाएर राखेको अवस्थामा प्रहरीले बरामद गरेको हो ।
प्रतिक्रिया दिनुहोस्