काठमाडौं, १४ साउन । सामाजिक संजालको दुरूपयोग गरी सम्पर्कमा आएका पीडितको रकम ठगी गरेको अभियोगमा झापा बिर्तामोड नगरपालिका–९ घर भई ललितपुर चाङथली बस्ने २३ वर्षीय पुरूषोत्तम भण्डारीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं कोटेश्वरबाट पक्राउ गरेको हो ।
भण्डारीले पीडितहरुलाई क्यानडा लैजान्छु भनि प्रलोभन देखाई विभिन्न व्यक्तिहरूको नाममा रहेका बैंक खाताहरूमा पटक-पटक गरी ८४ लाख १५ हजार ६ सय २५ रूपैयाँ रकम पठाउन लगाई ठगी गरेको खुल्न आएको छ । उनलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।













प्रतिक्रिया दिनुहोस्