जनता टाइम्स

८ बैशाख २०८२, सोमबार १७:०५

मोबाइल लुट्दै हिँडेको आरोपमा काठमाडौँबाट ३ युवा पक्राउ


काठमाडौं, ८ बैशाख ।  काठमाडौँका विभिन्न स्थानबाट प्रहरीले मोबाइल लुटपाटका घटनामा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुलीको सुनकोसी गाउँपालिका९ १ घर भइ हाल काठमाडौँ महानगरपालिका९ ३२ बस्ने १८ वर्षका शिखरजंग थापा भनिने नवराज सुनुवार, धनुषाको तारापट्टी सिर्सिया गाउँपालिका९ ६ घर भइ हाल बुढानिलकण्ठ नगरपालिका– १० बस्ने १८ वर्षका राज निष्ट यादव र रौतहटको गरुढा नगरपालिका९ २ घर भइ हाल बुढानिलकण्ठ– १० बस्ने २७ वर्षीय सुरेश ठाकुर हजाम छन्।
उनीहरुको साथबाट प्रहरीले एक थान मोटरसाइकल र तीन थान मोबाइल बरामद गरेको छ। यही चैत ५ गते दिउँसो काठमाडौँको बसुन्धारामा उनीहरुले प्रेम तामाङले चलाएको बा.२ ज ३४५८ नम्बरको ट्याक्सीलाई रोकेर लुटपाट गरेका आरोप छ।
ठमेलमा सामान लिन जानु छ भन्दै उनीहरु टयाक्सी रोकेका र फोन गर्न भन्दै तामाङसँग मोबाइल मागेर भागेका प्रहरीले जनाएको छ। उनीहरुलाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी एसपी अपिलराज बोहोराले जानकारी दिनुभयो ।