जनता टाइम्स

३१ बैशाख २०८२, बुधबार १५:०७

सेती नदीमा बगेका १० वर्षीय अमित विकको शव फेला


धनगढी । डोटीको सेती नदीमा मङ्गलवार बगेका अमित विकको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दिपायल सिलगढी नगरपालिका–१ श्रीखोलीशैनका १७ वर्षीय अमित विक मङ्गलवार दिउँसो करिब २ बजे नुहाउने क्रममा सेती नदीमा बगेका थिए।

बेपत्ता भएका विकको खोजीका क्रममा बुधवार बिहान करिब १: ३० बजे तिर उनको शव सोही क्षेत्रको श्रीखोलीशैनमै फेला परेको प्रहरीले जनाएको छ। उनी रमेश विकका छोरा हुन् ।