काठमाडौँ, ७ जेठ । भरतपुर महानगरपालिका– २२ का २५ वर्षीय लोकेश महतोको पौडी पोखरीमा डुबेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार मङ्गलबार राति इच्छाकामना गाउँपालिका-७ दाहाखानीस्थित दाहाखानी भ्यू रिसोर्टको पौडी पोखरीमा डुबेका थिए।साथीहरूसँग पौडी खेल्न गएका निजलाई डुबेको भेटेपछि उनका आठजना साथीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूलाई हिरासतमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्