काठमाडौं, २४ जेठ । झापाको अर्जुनधारा नगरपालिका–११ को नमुना सामुदायिक वनभित्र रहेको पोखरीमा डुबेर दुई बालकको ज्यान गएको छ ।
आज बिहान पौडी खेल्ने क्रममा उनीहरूको डुबेर ज्यान गएको हो । तेह्रथुमको जिरीखिम्ती घर भई अर्जुनधारा–११ का पूर्णबहादुर राईको घरमा पाहुना आएका १२ वर्षीय महसुस गुरुङ र १० वर्षीय सुजल गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
शनिबार बिहान दुवै बालक पौडी खेल्न सामुदायिक वनभित्रको पोखरीमा गएका थिए । स्थानीय बासिन्दाले पोखरीमा डुबेका उनीहरूलाई बिर्तामोडको बि एण्ड सी हस्पिटल पुर्याएकामा अस्पतालले मृत घोषित गरेको हो ।
प्रतिक्रिया दिनुहोस्