काठमाडौँ । बैंकिङ्ग कसुरको ३ वटा मुद्दामा फरार एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको भीमेश्वर नगरपालिका–१ घर भएर भक्तपुर बस्ने ३८ वर्षीया रञ्जिता थापा छिन् ।
उनलाई भक्तपुरको चाँगुनारायण नगरपालिकाबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अङ्गुर जिसीले बताए ।
आरोपीविरुद्ध प्रहरी वृत्त गौशाला, सोह्रखुट्टे र जिल्ला प्रहरी कार्यालय दोलखामा बैकिङ्ग कसुरको जाहेरी दर्ता भएको भेटिएको छ । उनीबिरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको एसपी जिसीले जानकारी दिए ।













प्रतिक्रिया दिनुहोस्