जनता टाइम्स

१६ आश्विन २०७७, शुक्रबार १६:३०

२४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ५२०


काठमाडौं, असोज १६

कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ११ जनाको मृत्यु भएको हो । योसँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ५२० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ४ महिला र ७ जना पुरुष गरि ११ जनाको मृत्यु भएको हो । यो संक्रमित हुनेहरुबाट मृत्यु हुनेको संख्या ०.६५ प्रतिशत हो ।