जनता टाइम्स

६ कार्तिक २०७७, बिहीबार १६:३८

कोरोनाका कारण ८१२ को गयो ज्यान, गत २४ घण्टामा २१ को मृत्यु


काठमाडौं, कात्तिक ६

कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका २१ जनाको मृत्यु भएको हो ।

योसँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ८१२ पुगेको छ । अहिले देशभर आइसीयूमा २९० र भेन्टीलेटरमा ७७ जना उपचाररत छन् ।