विराटनगर, माघ २०
गौरादह सम्पर्क समाज बिराटनगरको प्रथम साधारण सभा सम्पन्न भएको छ । मोरड्गको रमितेडांडा पर्यटन क्षेत्रमा भएको सभाले इन्द्र नेउपानेको अध्यक्षतामा १५ सदस्य कार्य समिती चयन गरेको छ ।
सभामा प्रदेश–१ का आन्तरिक मामिला मन्त्री हिक्मत कार्की, संविधानसभाका सदस्य दिपक कार्की, पूर्व सचिव माधव रेग्मी, गौरादह नगरपालिकाका मेयर रोहित शाहा लगायतको उपस्थिति रहेको थियो । समाजले सामाजिक क्षेत्रमा विभिन्न काम गर्दै आएको छ । सभाकै दिन समाजले बनभोज कार्यक्रम समेत आयोजना गरेको थियो । कार्यक्रममा सामाजिक अगुवाहरूलाई सम्मान पनि गरिएको समाजका अध्यक्ष नेउपानेले जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्