जनता टाइम्स

२४ माघ २०७७, शनिबार १५:५०

कैलालीमा तीन युवतीको अकालमै गयो ज्यान


कैलाली, माघ २४ । माटोको ढिस्कोले पुरिएर तीन युवतीको मृत्यु भएको छ । दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । आज दिउँसो १२ बजेतिर कैलालीको जानकी गाउँपालिका–९ पूर्वी खैरीफाँटाको कालिका सामुदायिक वनमा माटो लिन गएका बेला तीनै जनालाई ढिस्कोले पुरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पुरिएकामध्य घर लिपपोतका लागि जंगलमा माटो लिन गएका पाँचै जनालाई ढिस्कोले पुरेकोमा २० वर्षीया भावना ओड र १७ वर्षीय धनसरी सवालको घटनास्थलमै मृत्यु भएको हो । यस्तै उपचारको क्रममा गंगा जगौडको मृत्यु भएको हो ।

घाइते ३१ वर्षीया गंगा जैगडी तथा १२ वर्षीया बालिकाद्वय काजल विक र अञ्जु जगैडीलाई उपचारका लागि टीकापुर अस्पताल लगिएको थियो । त्यसमध्ये ३१ वर्षीया गंगाको उपचारका क्रममा मृत्यु भएको र दुई बालिकाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।