जनता टाइम्स

२९ फाल्गुन २०७७, शनिबार १९:०८

प्रचण्डको दुत बनेर एमाले सकाउन आएका माधव नेपाललाई बिश्वास गर्न सकिन्न : महेश बस्नेत


इटहरी, फागुन २९ । एमाले केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले प्रचण्डको दूत बनेर एमाले सकाउने मिसनसहित माधवकुमार नेपाल पार्टीमा आएको ठोकुवा गर्नुभएको छ ।

राष्ट्रिय युवा संघ जिल्ला कमिटी सुनसरीले आज आयोजना गरेको शपथ ग्रहण तथा अगुवा कार्यकर्ता भेलामा बोल्दै नेता बस्नेतले माधव नेपाल प्रचण्डको मिसन पूरा गर्न एमालेमा आएकाले सजिलै विश्वास गर्न नसकिने बताउनु भएको हो । प्रचण्डले बुटवलमा ‘माधवजीले कि एमाले कब्जा गर्नुहुन्छ, कि धेरै सदस्य लिएर यतै आउनुहुन्छ’ भन्दा पनि खण्डन नगर्नुले माधव नेपालको नियतमाथि झन शंका थपिएको बस्नेतको भनाई थियो ।

नेता बस्नेतले माधव नेपाल पक्षले बनाएको समानान्तर कमिटीलाई सहजै ‘फेस गर्ने’ पनि बताउनु भयो । प्रचण्ड र माधव नेपालले संयुक्त रुपमा बनाएको समानान्तर कमिटी पनि सामना गरेको भन्दै बस्नेतले माधव नेपाल पक्षले मात्रै बनाएको कमिटी सामना गर्न कठिन नहुने प्रष्ट पार्नुभयो ।