जनता टाइम्स

२० चैत्र २०७७, शुक्रबार ११:५३

काठमाडौंसहित देशका अधिकांश भागमा मौसम सफा, प्रदूषण घट्यो


काठमाडौं, चैत्र २०

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँको मौसम शुक्रबारबाट सफा भएको छ । मौषम क्रमश सुधार हुँदै गएकाले धेरै ठाउँमा प्रदूषण कम हुँदै गएको छ । तर, पूर्णरुपमा भने प्रदूषण हट्न समय लाग्ने मौसमविद् निराजन सापकोटाले बताउनुभयो ।

यस्तै, आज दिउँसोपछि भने पहाडी क्षेत्रको मौसम बद्ली भएर केही ठाउँमा मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी परे पनि अन्य ठाउँमा भने नपर्ने मौसमविद् सापकोटाले बताउनुभयो ।

यसैबीच, डढेलो नरोकिए फेरि प्रदूषण बढ्ने मौसमविद्ले बताएका छन् । ‘अहिले मौसम सफा हुँदै गएको छ तर, आइतवार, सोमवारदेखि फेरि वायुमण्डल स्थिर रहने देखिएको छ’, उहाँले भन्नुभयो, ‘वायुमण्डल स्थिर रहँदैमा प्रदूषण बढ्छ भन्ने होइन तर डढेलो नियन्त्रण भएन भने चाहिँ हावा नचल्दा प्रदूषण बढ्ने सम्भावना छ ।’