जनता टाइम्स

८ बैशाख २०७८, बुधबार १५:४७

निर्वाचित भएलगत्तै पक्राउ परे पत्रकारका नेता, लाग्यो गम्भीर अभियोग


काठमाडौं । नेपाल पत्रकार महासंघ रुपन्देहीका एक नवनिर्वाचित सदस्य पक्राउ परेका छन । महासंघ रूपन्देहीको कार्यसमिति सदस्यमा चैत २५ गते निर्वाचित पुनहरि बेल्वासे जबरजस्ती करणीको अभियोगमा पक्राउ परेका हुन ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बेल्वासेमाथि नेपाल एजुकेशनल ट्रेनिङ सेन्टरका संचालकसमेत रहेका बेलबासेलाई इन्स्टिच्यूटमा पढ्न आउने युवतीलाई जबरजस्ती गरेको आरोप लागेको छ ।

युवतीले जबरजस्ती करणीको उजुरी दिएपछि बेलबासेलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिनुभयो । बेलबासेलाई जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको छ ।

अभियुक्त बेलबासेलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ । पक्राउ परेका बेलबासेले भने आफ्नो इन्स्टिच्यूटमा पढ्न आएकी युवतीसँग शुल्कको विषयमा छलफल हुँदा आफूले लिनुपर्ने शुल्क नछाडेपछि जबरजस्ती करणीको आरोप लगाएको दावी गर्नुभएको छ ।