पोखरा, बैशाख १३
संसदीय व्यवस्थाको एक चरम अपराधिक क्रियाकलाप कर्णालीमा देखिएपछि त्यसको साइड इफेक्ट गण्डकी प्रदेशमा देखिएको छ । माधवकुमार नेपालले चलाएको अभियान अहिले गण्डकी प्रदेशमा पुगेपछि त्यहा दलले नै सांसदहरुलाई भेटघाटको बहानामा रिसोर्टमा बन्धक बनाएर राखेको हो ।
गण्डकी प्रदेश सरकारविरूद्धको अविश्वासको प्रस्तावमाथि सोमबारदेखि प्रदेश सभाको विशेष अधिवेशनमा छलफल चलिरहेको छ । अविश्वासको प्रस्ताव ल्याउने तीन दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदहरू सोमबारदेखि नै लेकसाइडको रिसोर्टमा बसेका छन् । कांग्रेस र माओवादीका सांसदहरू लेकसाइडको कुटी रिसोर्टमा बसेका छन् ।
हरेक सांसदका पछाडी एक एक सुराकी राखिएका छन् । उनिहरुको फोन कल देखि सबै कुरा निगरानीमा राखिएको एक सांसदले जानकारी दिनु भयो । जनता समाजवादी पार्टीका २ जना सांसद भने लेकसाइडकै अर्को रिसोर्टमा बसेका छन् । अविश्वास प्रस्तावमाथिको छलफल र मतदानसम्म अरू गतिविधि हुन नदिन एकै ठाउँमा बस्ने व्यवस्था मिलाएको नेताहरूले बताएका छन् ।
यता, जनमोर्चाका संसदीय दलका नेता एवं केन्द्रीय सदस्य कृष्ण थापाले आफूहरूलाई रिसोर्टमा बस्न नबोलाएको दाबी गर्नुभयो । ‘हामीलाई बोलाएको पनि छैनौं’, थापाले भन्नुभयो, ‘बोलाए पनि जानेवाला छैनौं ।’ उहाले यसरी रिसोर्टमा गएर एकै ठाउँमा बसेको विपक्षी दलका सांसदहरूलाई भेंडा, बाख्रा र भैंसीको संज्ञा दिनुभयो । ‘हामी भेंडा, बाख्रा र भैंसी होइनौं । जो जो भेडा, बाख्रा र भैंसी जस्ता छन्, त्यसरी बस्छन्’, उहाको भनाई थियो ।













प्रतिक्रिया दिनुहोस्