जनता टाइम्स

२७ बैशाख २०७८, सोमबार १९:५४

बामदेवलाई पत्नी तुलसाले पनि छोडिन साथ, प्रधानमन्त्रीलाई दिइन विश्वासको मत


काठमाडौं, बैशाख २७

एमाले उपाध्यक्ष बामदेव गौतमलाई पत्नी तुलसा थापाले साथ छोड्नुभएको छ । थापाले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिएर आफू एमाले संस्थापनमा रहेको जनाउनुभएको हो । गौतम प्रधानमन्त्रीले विश्वासको मत लिनु केही घण्टाअघि मात्रै औपचारिक रुपमा माधव–झलनाथ समूहमा खुल्नुभएको थियो ।